अनुष्काको वास्तविक नाम स्वीटी

मुम्बई । चलचित्र ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अनुष्का शेट्टी भोलि ३८ वर्षको पुग्दै छिन् । सन् १९८१ को नोभेम्बर ७ मा कर्नाटकको मेङ्गलुरुमा जन्मिएकी अनुष्काको वास्तविक नाम स्वीटी हो ।

उनको नाम मात्र स्वीटी नभएर मन पनि त्यतिकै ‘स्वीट’ छ । एक पटक अनुष्काले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख रुपैयाँको नयाँ कार उपहार दिएकी थिइन् । नेटवर्थियरको रिपोर्ट अनुसार अनुष्कासँग २.२ करोड डलर (लगभग १४० करोड भारतीय रुपैयाँ) बराबरको सम्पत्ति छ ।

हैदराबादको सम्पन्न क्षेत्र मानिने जुबली हिल्समास्थिति वुइस अपार्टमेन्टको छैटौँ तल्लामा उनको आलीशान घर हो । अनुष्का हाल एउटा चलचित्रका लागि ४ देखि ५ करोड रुपैयाँ लिने गरेकी छिन् । उनी लक्जरी कारको सौखिन पनि रहेकी छिन् । उनीसँग कयौँ ब्रान्डको कार रहेको छ । उनीसँग हाल बीएमडब्लु ६, अडी ए सिक्स, अडी क्यु फाइभ र टोयटा कोरला जस्तो लक्जरी कार रहेको छ ।

चलचित्र बाहेक अनुष्का एमबीएस ज्वोलर्स, द चेन्नाई सिल्क, इन्टेक्स मोबाइल, कोलगेट एक्टिभ साल्ट र डाबर आँवलाजस्ता ब्रान्डको विज्ञापन गर्छिन् । उनी इन्टेक्स मोबाइलको ब्रान्ड एम्बासेडर पनि रहिसकेकी छिन् ।

चलचित्रको ग्लामरस दुनियाँमा पाइला टेक्न अघि अनुष्का योगा सिकाउने गथिएन् । उनको परिवारमा कोही पनि चलचित्र क्षेत्रसँग सम्बन्धित छैनन् । योगा इन्सट्रक्टरको रुपमा काम गर्दा गर्दै एक निर्देशकले देखेर उनलाई चलचित्रको अफर दिएका थिए ।

अनुष्काले बाहुबलीका अभिनेता प्रभाससँग थुप्रै काम गरेकी छिन् । त्यही भएर दुवै क्यामेस्ट्री राम्रो रहेको छ । कयौँपटक उनीहरु प्रेममा रहेको खबर पनि सार्वजनिक भएको थियो ।

उनीहरु विवाह गर्ने सम्मको समाचार आएको थियो । तर, दुवैले आफूहरु राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । अनुस्काले अरुन्धती, वेदम, रुद्रमादेवी र सिंघम सिरिजजस्ता हिट चलचित्रमा काम गरेकी छिन् । – एजेन्सी

Published : Friday, 2017 November 17, 8:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया