प्रियंका ‘लिलिबिली’मा अनुबन्धित, रेविकालाई रिप्लेस

काठमाडौं । निर्माण घोषणा र छायाँकनको समयमा कलाकार फेरबदल हुनु चलचित्र क्षेत्रको नियति नै भइसकेको छ । ब्यस्तता, स्वस्थ्य समस्या र पारिश्रमिक लगायतका कारणले पनि कलाकार फेरबदल हुने गरेका छन् ।

यस्तै भएको छ चलचित्र ‘लिलिबिली’मा पनि । चलचित्रको केही पहिले राजधानीमा एक भब्य कार्यक्रम सहित घोषणा गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री रेविका गुरुङको मुख्य भूमिका रहने बताइएको थियो ।

तर अहिले चलचित्रमा रेविकाको ठाउँ अभिनेत्री प्रियंका कार्कीले लिने भएकी छन् । समयमै चलचित्र सक्नुपर्ने बाध्यता र अभिनेत्री रेविका बिरामी भएका कारणले उनको ठाउँमा प्रियंका राखिएको निर्माता गोबिन्द शाहीले बताए ।

‘रेविका बिरामी पनि छिन् र भिषा पनि बेलायती दूतावासले दुई पटक अस्वीकृत गर्यो । जसको कारणले चलचित्रको सुटिङ ढिलाई भइरहेको थियो’, निर्माता शाहीले भने, ‘समयमै सुटिङ सकाउन नायिका नै चेन्ज गरेर सुटिङ सुरु गरिएको हो ।’

अभिनेत्री चेन्ज भएपछि निर्माण युनिट अहिले चलचित्रको सुटिङकना लागि बेलायत प्रस्थान गरेको शाहीले खुलाए । चलचित्र भित्र अभिनेता प्रदीपले प्रियंका कार्की र नव नायिका जसिता गुरुङसँग रोमान्स गर्नेछन् ।

अभिनेत्री रेविकाले पनि आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै चलचित्रबाट बाहिरिने निणर्य आफैले गरेको जनाएकी छन् । स्वास्थ्य र भिषाको कारणले आफु चलचित्र अभिनय गर्न असफल भएको स्टाटसमा खुलाएकी छन् ।

नायक, निर्माता तथा बितरक गोविन्द शाहीले, सुदीप खड्का र मिलन चाम्ससँगको सहकार्यमा ‘लिलिबिलि’ निर्माण गर्न लागेका हुन् । प्रदीप भारद्वाजको लेखेन रहेको चलचित्रमा अभिनेता प्रदीपले चलचित्र थाइल्याण्ड र म्यानमारको राईट्स सहित २२ लाख पारिश्रमिकमा अनुबन्धित भएका थिए ।

साढे दुई करोड लगानीमा बन्ने चलचित्रको सम्पुर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्डनमा हुनेछ । चलचित्रले प्रदर्शन मिति ३० चैत्रलाई फाइनल गरेको छ । चलचित्र मिलन चाम्सले निर्देशन गर्दैछन् ।

Published : Friday, 2017 November 17, 7:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया