चौधरीलाई भारतीय भूमिमा गोली प्रहार

सर्लाही । सर्लाही जिल्लाका कपडा व्यापारीलाई भारतमा गोली प्रहार भएको छ । अपरिचित समूहले हानेको गोली लागेर मलंगवा ९ का राकेश चौधरी घाइते भएका छन् ।
भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला बुधबार राति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलाई गोली हानेको सर्लाही प्रहरीले जनाएको छ ।
चौधरीलाई नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा गोली हानिएको थियो । गोली लागेपनि चौधरीले मोटरसाइकल चलाएरै नेपाली भूमिमा आएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ ।
Published : Thursday, 2017 November 16, 11:07 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत