बेदनाले भरिएको गीत, जसलाई ‘नियती’मा राखियो (गीतसहित)

काठमाडौं । गायक राजन ठकुरीको संगीत रहेको आधुनिक गीत ‘आँखाभरि आँशु…’ बोलको आधुनिक गीत रिलिज भएको छ । ‘नियती’ एल्वममा रहेको यो गीतमा स्वर अञ्जु पन्तले दिएकी छिन् ।

बेदनाले भरिएको यो गीतलाई युनिशा हमाल ठकुरीले लेखेकी हुन् । म्युजिक भिडियोमा पनि युनिशा आफैले मोडलिङ गरेकी छिन् । युनिशालाई योगराज पाण्डेले साथ दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन फिल्म निर्देशक देवेन्द्र पाण्डेले गरेका हुन् । गीतको शब्द र भावनालाई पाण्डेले म्यजिक भिडियोमा न्याय गरेको दाबी गरेका छन् । ‘गीतका शब्द राम्रा छन् । उस्तै राम्रो संगीत छ’, निर्देशक पाण्डेले भने, ‘म्युजिक भिडियोमा मैले न्याय गरेको जस्तो लाग्छ । समग्रमा भिडियोलाई सबैले मनपराएको प्रतिक्रिया दिनुभएको छ ।’

निर्देशक पाण्डेले ठूला फिल्म निर्देशन गर्दै आएका युवा निर्देशकमा पर्छन् । संगीतकार राजन ठकुरी र रचनाकार युनिशा हमाल ठकुरीको शब्दको गीत उत्कृष्ट रहेको उनको बुझाइ छ ।

आदर्श डिजिटल (प्रा)लि.ले आफ्नै युट्युब च्यानमार्फत म्युजिक भिडियो रिलिज गरेको संगीतकार ठकुरीले बताए । तपाई लोकगायनमा नाम कमाएको गायक कसरी आधुनिक गीतमा संगीत गर्नुभयो ? भन्ने जिज्ञासामा ठकुरीले भने, ‘सुरुवाती दिनमा मैले लोक तथा दोहोरी गीत गाएको हुँ । त्यसपछि सबै प्रकारका गीत गाएको छु । युनिशाजीले शब्द लेख्नु भएको रहेछ । हेर्दा राम्रो लाग्यो संगीत गरेको मात्रै हुँ ।’

म्युजिक भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन । शाहीको सम्पादन राम्रो बनेको निर्देशन पाण्डेले बताए ।

Published : Saturday, 2017 November 11, 7:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया