कम्युनिष्टहरू झुठको राजनीति गर्छन् : राजु खनाल

घोराही । दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट प्रतितिधि सभाका लागि उम्मेदवारी दिएका युवा नेता राजु खनालले एमाले–माओवादी केन्द्रले झुठको राजनीति गरेको आरोप लगाएका छन् ।
क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानमा भएका चुनावी कार्यक्रमहरूलाई सम्बोधन गर्दै नेता खनालले कांग्रेसका नेता र तत्कालीन सांसदहरूले दाङमा ल्याएका विकास कार्यक्रमलाई आफूले ल्याएको भनेर एमाले र माओवादीका नेताहरूले दाबी गरिरहेको आरोप लगाए ।
‘कांग्रेसले एमाले र माओवादीका नेताहरूले जस्तो झुठ बोल्न जान्दैन’, उनले भने, ‘हामीहरूले जनतालाई झुठा आश्वासन दिनेभन्दा पनि व्यवहारमा काम गरेर देखाउँछौँ ।’
कम्युनिष्ट पार्टीका नेता भन्न रुचाउनेहरूले दाङका जनतालाई फेरि पनि झुक्काउन आएको खनालले बताए । ‘कम्युनिष्ट पार्टीका नेताहरू अबसरवादी हुन्’, उनले भने, ‘शरणार्थी नेताहरूलाई दाङका मतदाताहरूले चिन्नु पर्छ । तस्कर नेताहरूलाई चिन्नु पर्छ । जनताको पक्षमा काम नगर्ने नेताहरूलाई चिन्नु पर्छ ।’
यसैबीच, निर्वाचन प्रचार प्रसारमा सहयोग होस् भन्ने उदेश्यले दाङ क्षेत्र नं. २ ले विभिन्न स्थानमा सम्पर्क कार्यालयहरू स्थापना गरेको छ ।
घोराही उपमहानगरपालिका स्वर्गद्वारी एफ.एम. रोड, नारायणपुर, मर्पालगायतका स्थानमा सम्पर्क कार्यालय स्थापना गरिएको कांग्रेसका युवा नेता गणेश बेल्वासेले जानकारी दिए ।
निर्वाचन क्षेत्र नं २ (ख) का प्रदेश सभा उम्मेदवार भरतबहादुर न्यौपानेले पनि कथित कम्युनिष्ट पार्टीका नेताहरूलाई दङ्गाली नेताहरूले समयमा चिन्नु पर्ने बताए । उनले शरणार्थी नेताहरूलाई मतदान नगर्न मतदाताहरूसँग अपील गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सभाका उम्मेदवार कमलकिशोर घिमिरेले निर्वाचनको बेलामा जनतामाझ परिचित उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । ‘सधै काठमाडौं बस्ने । निर्वाचनको बेला उम्मेदवार बनेर खोक्रा भाषण गर्ने कम्युनिष्ट नेताहरूलाई मतदाताले चिन्नुपर्ने बेला आएको छ’, उनले भने, ‘कथित राष्ट्रवादी त्यस्ता नेताहरूलाई जिल्लाबाट नेटो कटाउनुपर्छ ।’
कार्यक्रममा समानुपातिक उम्मेदवार साबित्रा राना, कांग्रेस जिल्ला सभापति र्कीतिबहादुर खड्का, पूर्व सभापति वीरकेशरी गौतम, पूर्वपार्टी सभापति घनश्याम रेग्मी, क्षेत्रीय सभापति भुपबहादुर डाँगी लगायतले कम्युनिष्टहरूलाई मतदान नगर्न आग्रह गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत