कांग्रेस राजेन्द्र महतोसँग डराउनु पर्दैन : विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिष्पर्धा कसैसंग नरहेको बताएका छन् ।
आफूले धनुषाबासीको लागि गरेको योगदानको कदर गर्दै उनले धनुषा क्षेत्र नंं ३ का जनताले कांग्रेसका उम्मेदवारलाई विजयी बनाउने बताए ।
मंगलबार बिहान आफ्नो घर रहेको गाउँ नगराईनमा स्थानीय नेता कार्यकता तथा पत्रकारहरूसंगको भेटघाटका क्रममा नेता निधिले स्थानीय जनताको मायाँ कांग्रेसलाई नै रहेको बताए ।
गत स्थानीय निकायको निर्वाचनमा धनुषाको मुखियापट्टी मुसहरनियामा असन्तुष्ट भएर कांग्रेसबाट बागी उम्मेदवारी दिएकाले पार्टीले पराजय बेहोर्नु परेको बताउँदै नेता निधिले अहिले ती असन्तुष्ट उम्मेदवार पुनः कांग्रेसकै भोट मागीरहेको दावी गरे ।
नेता निधिले जनकपुर उपमहानगरपालिकामा राजपाको पक्षमा कांग्रेसबाट आधा भोट परेको दावी पनि गरे । ‘अव त्यो मत कांग्रेसको पक्षमा आउँछ’, उनले भने ।
‘स्थानीय उम्मेदवार र विगतमा यहाँको जनताका लागि मैलेले गरेको योगदानको कदर गर्दै मतदाताको झुकाव कांग्रेसप्रति भएकाले मेरो प्रतिष्पर्धा कसैसंग छैन’, उनले भने ।
धनुषा क्षेत्र नं. ३ मा सर्लाही घर भएका राजपा नेपालका नेता राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । महतोप्रति लक्षित गर्दै निधिले सो अभिव्यक्ति दिएका हुन् ।
कांग्रेसले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरूलाई सहयोग गरेको छ । तर, महतोले निधिविरुद्ध उम्मेदवारी दिएर सहकार्यको राजनीतिलाई धक्का दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत