जंगलमा यौनकार्य गर्दै गरेको जोडी पक्राउ

दैलेख । दैलेख जिल्लामा १४ वर्षीय किशोरीलाई जबरजस्ती यौनकार्य गर्दै गरेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

नारायण नगरपालिका–१० बस्ने ३५ वर्षीय भरत सिंजालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सिंजालीले आइतबार १४ वर्षीया किशोरीलाई महावु गाउँपालिका–६ स्थित रानीवन जंगलमा लगेर जबरजस्ती यौनकार्य गर्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरेका थिए ।

उनीहरूले सिंजालीलाई पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । जंगलमा दाउरा काट्न गएका स्थानीय बासिन्दाले यौन कार्य गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।

Published : Monday, 2017 November 6, 8:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया