शंकर पोखरेलले दाङमा ‘ह्याट्रिक’ गर्दै, कांग्रेसका घिमिरे अगाडि

घोराही । नेकपा (एमाले)का स्थायी समिति सदस्य एवम् दाङ क्षेत्र नं. २ ‘१’बाट प्रदेश सभाको उम्मेदवार बनेका शंकर पोखरेलले पराजयमा ‘ह्याट्रिक’ गर्ने आरोप विपक्षी उम्मेदवारहरूले लगाउन थालेका छन् ।
दाङको २ नं. क्षेत्रबाट ब्याक भएर प्रदेशमा झरेका पोखरेललाई जित्नका लागि कठिन रहेको विश्लेषण मतदाताहरूले गर्न थागेका छन् ।
धेरै नबोल्ने, विकासका कार्यक्रममा ध्यान नदिने, कार्यकर्ता संरक्षण गर्न नसक्ने नेताका रुपमा एमालेभित्र पोखरेल परिचित छन् ।
यसअघि पोखरेल दुई पटक प्रतिनिधि सभामा पराजित भइसकेका छन् । प्रतिनिधि सभामा पराजित हुने डरले प्रदेश सभामा झरेका पोखरेललाई नेपाली कांग्रेसका युवा नेता कमल किशोर घिमिरेले टक्कर दिँदै छन् । २ नं. क्षेत्रको ‘१’ मा घिमिरेले उम्मेदवारी दिएका छन् ।
युवाहरूका बीच लोकप्रिय नेता घिमिरेलाई पराजित गर्न एमालेका नेता पोखरेललाई फलामको चिउरा सावित हुने कांग्रेसका नेताहरू बताउँछन् ।
माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवारी दिएका पोखरेललाई यो निर्वाचन पनि नफाप्ने माधवकुमार नेपाल समूहका नेताहरूको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
यसमा तपाइको मत