परियार समाजको क्षेत्रीय कार्यालय लमहीमा स्थापना

– दशरथ घिमिरे

देउखुरी, १८ कात्तिक । परियार समाजमा आबद्ध सिलाईको सिपलाई आफ्नै समुदायका युवा पुस्ता र अन्य समुदायका व्यक्तिहरूमा हस्तान्तरण गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने आवाज उठेको छ ।

शनिबार परियार सेवा समाज दाङ क्षेत्र नं. १ को कार्यालय उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले परियार समाजभित्र रहेकोे सिलाइको सिपलाई आधुनीकीकरण गर्दै लैजानुपर्ने र त्यसका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजका क्षेत्रीय अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता एवम् परियार सेवा समाजका जिल्ला अध्यक्ष केशव नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी., नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (ख)का उम्मेदवार जानकीलाल बस्नेत, परियार सेवा समाज क्षेत्र नं. २ का अध्यक्ष निर्मला परियार, जिल्ला उपाध्यक्ष तेजबहादुर नेपाली, सदस्य खड्ग नेपाली, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोदकुमार पाण्डे, कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष कैलाश नेपाली, सल्लाहकार प्रकाश नेपाली, पत्रकार केपी घिमिरे, दशरथ घिमिरे लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

सदस्य देवा परियारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सेवा समाजका क्षेत्रीय उपाध्यक्ष बुद्धिराम परियारले गरेका थिए ।

Published : Saturday, 2017 November 4, 4:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया