माओवादी मन्त्री जनार्दन शर्माको घरमा विप्लवको रेड

रुकुम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री जनार्दन शर्माको घरमा कालोझण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् ।
प्रशासन लगाएर आफ्ना नेता–कार्यकर्तामाथि दमन गर्न लगाएको भन्दै ‘नेकपा’ले मन्त्री शर्माको घर कब्जा गरेको दाबी गरेको छ ।
पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । मन्त्री शर्माले नेता तथा कार्यकर्तामाथि दमन गरेको आरोप नेकपा रुकुमको छ ।
चुनाव प्रचारको क्रममा मन्त्री शर्मा जिल्लामै रहेको बेला नेकपाका नेता तथा कार्यकर्ताहरूले शुक्रबार राति ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा गाडेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत