‘ऐश्वर्य’ले रमेशलाई खुसी बनाएन्

काठमाडौं । ‘ऐश्वर्य’ फिल्मको मुख्य लगानीकर्ता अभिनेता रमेश उप्रेती हुन् । अमेरिका बसाइबाट स्वदेश फिर्तीसँगै उनले ‘ब्रासलेट’मार्फत् कमब्याक प्रयास गरेका थिए । फिल्मले उनको कमब्याक सुखद् बनाएन । रमेशले हिम्मत हारेनन् ।

‘ब्रासलेट’को कमी अर्को फिल्म खेलेर पूरा गर्ने गरि ‘ऐश्वर्य’ घोषणा गरे । ‘ऐश्वर्य’ बनेर पनि रिलिज भएको छ । यसमा पनि हिरो बनेका रमेश उप्रेतिको भन्दा भिलेन बनेका प्रशान्त ताम्राकारको चर्चा छ । फिल्मको ट्रेलर रिलिज भएसँगै फिल्ममा प्रशान्तले बोलेका संवादहरू हिट भएका छन् ।

बजारमा अहिले फिल्म चल्ने मुख्य आधार फिल्मको गीत र प्रशान्तलाई मानिएको छ । त्यसो त फिल्मकी नवअभिनेत्री दीपिका प्रसाईंलाई पनि दर्शकले रुचाएका छन् ।

कुनै अभिनेताले फिल्म बनाउँदा आफूलाई केन्द्रमा राख्छ । आशा गरौं, उप्रेतीले यो परम्परा तोडेका छैनन् । नत्र भने आफ्ना लागि फिल्म बनाउने तर क्रेडिट अर्कैले लैजाने भयो भने कत्ति ननिको होला ?

फिल्म हिट भयो भने त पैसा आउँछ मतलब हुन्न तर फिल्म पनि नचल्ने र चर्चा पनि अर्कैले लैजाने भयो भने कस्तो बोर होला । आशा गरौं रमेश उप्रेतिले यस्तो दिन देख्न नपरोस् । तर, हाललाई भने यस्तै छ, हिरोको भन्दा भिलेनको चर्चा छ ।

Published : Saturday, 2017 November 4, 7:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया