ज्याकलिन ‘हाउसफुल ४’ बाट आउट

मुम्बई । ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ४’ बन्ने खबर निकै जोडतोडका साथ आएको थियो । तर, फिल्मका को–को कलाकार रहनेछन्, त्यो भने खुलाइएको थिएन ।
साजिद खानले निर्देशन गर्ने चौथो शृंखलामा कलाकारमा निकै हेराफेरी गर्न लागिएको छ ।
‘हाउसफुल ४’ मा अक्षयकुमार मात्र होइन, ज्याक्लिन फर्नान्डिस पनि नरहने खबर आएको छ । निर्देशक साजिद र ज्याक्लिनबीच ‘हाउसफुल २’ को बेला प्रेम चलेको थियो ।
त्यतिवेला उनीहरूले खुलमखुल्ला रूपमा प्रेम जाहेर गरेका थिए । पछि उनीहरूको सम्बन्ध टुट्यो । ‘हाउसफुल ३’ साजिदले निर्देशन गरेनन् । त्यो फिल्ममा ज्याक्लिन मुख्यमध्ये एक हिरोइन थिइन् ।
अब ‘हाउसफुल ४’ बन्ने भएको छ । साजिदले निर्देशन गर्ने यो फिल्ममा ज्याक्लिन हुने छैनिन् । कारण, ज्याक्लिन र साजिदबीच राम्रो सम्बन्ध छैन ।
केही गरी साजिदले अफर गरे भने पनि ज्याक्लिन नखेल्ने पक्कापक्की नै देखिएको छ । अब साजिदले कसलाई हिरोइन लेलान् बलिउडमा कुतूहलता छाएको छ । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत