बेजोस विश्वकै धनी व्यक्ति, बिलगेट दोस्रोमा झरे

न्यूयोर्क । विश्वका धनी व्यक्ति बिल गेट्सलाई पछि पार्दै अमेजनका सिइओ जेफ बेजोस विश्वको एक नम्बर धनी मानिस बन्न पुगेका छन् ।

अमेजनको शेयरमा आएको बढोत्तरीसँगै उनको सम्पत्ति ९० अर्ब ६० करोड डलर पुगरेको छ । उनले ९० अर्ब १० करोडको सम्पत्ति भएका गेट्सलाई दोश्रो स्थानमा पुगाइदिएका छन् ।

अक्सफामका अनुसार बेजोस आगामी २५ वर्षभित्रमा विश्वको पहिलो खर्बपति बन्न सक्नेछन् । अर्थात् उनको सम्पत्ति एक खर्ब डलर भन्दा धेरै हुनेछ ।

अमेरिकाको न्यूजर्सीस्थित प्रिन्स्टन विश्वविद्यालयबाट ग्राजुएट गरेका बेजोस र उनकी पत्नीले सन् २०११ मा विश्वविद्यालयका लागि डेढ करोड डलर दान दिएका थिए ।

अमेरिकाको राजधानी वाशिंटन डिसीमा बेजोसले सबैभन्दा भव्य बंगला बनाइरहेका छन् । २३ मिलियन डलरको लागतमा उनले घर बनाउँदैछन् ।

वाशिंटन डिसीमा उनको छिमेकीको रुपमा बाराक ओबामा र इवांका ट्रम्प हुनेछन् । बेजोसको नयाँ घर २७ हजार बर्गफुट क्षेत्रफलमा बनेको छ ।

अमेरिकाको भूमि रिपोर्ट अनुसार जेफ देशका यस्ता २५ जना व्यक्तिभित्रमा पर्दछन् जसको नाममा सबैभन्दा धेरै जमिन छ । उनको सबैभन्दा ठूलो जग्गा भनेको टेक्सासमा रहेको ३० हजार एक्कडको फार्म हाउस हो ।

सन् १९९८ मा बेजोसको सम्पत्ति पहिलेपटक १ अर्ब डलर पुगेको थियो । त्यस बेला अमेरिकाका दोश्रो सबैभन्दा धनी व्यक्तिन वारेन वफेटको सम्पत्ति ३० अर्ब डलर थियो । अहिले २० वर्षपछि बेजोसको सम्पत्ति वफेटभन्दा ९ अर्ब डलरले बढी छ । – एजेन्सी

Published : Tuesday, 2017 October 31, 7:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया