भाग्दै हिँडेका गुन्डा नाइके दावा देखिए कार्यक्रममा, ठूलै नेताले दिए संरक्षण

बनेपा । नेपाली कांग्रेस काभ्रेका नेता तथा निवर्तमान सांसद तीर्थ लामाले आपराधिक पृष्ठभूमिका गुन्डा नाइके दावा लामालाई साथमा लिएर चुनावी प्रचारमा हिड्न थालेका छन् ।

भक्तपुरको सूर्यबिनायकमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता लामाले दावालाई आफूसँगै मञ्चमा राखेर कार्यक्रम गरेका हुन् ।

पहलो लहरमा नेता लामा बसेका थिए । उनको ठीक पछाडि दावा बसका हुन् । दावालाई नेता लामाले कुन हैसियतले मञ्चमा राख्छन् त्यस विषयमा पनि विवाद हुँदै आएको छ ।

राजधानीमा हुने अपहरण, लुटपाट, फिरौती, जबरजस्ती चन्दा असुली, सांघातिक आक्रमण जस्ता कार्यमा संलग्न रहेको भन्दै दावालाई प्रहरीले उच्च निगरानीमा राखेको छ । हुन त दावा यसअघि पनि पटकट–पटक गुन्डागर्दी र ज्यानमार्ने उद्योगमा सजाय भोगिसकेका व्यक्ति हुन् ।

काठमाडौंको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नहरूलाई प्रहरीले खोजतलास गरिरहेका बेला दावाको संलग्नता छ कि भनेर प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरेको स्रोतको भनाइ छ । तर, गौचन हत्यामा दावाको संलग्नताका विषयमा प्रहरीले मुख खोलेको छैन ।

प्रहरीले निगरानीमा राखेका दावा अहिले भने निर्वाचन प्रचार–प्रसारमा सक्रिय भएर लागेका छन् । उनले आफ्नो अगाडि पछाडि हिँड्ने २०–२५ जना युवाहरूलाई मोटरसाईकल र गाडीमा राखेर कांग्रेस नेता लामाको कार्यक्रमहरूमा लैजाने गरेका छन् ।

कार्यक्रममा दावाको संलग्नतालाई लिएर काभ्रे कांग्रेसभित्र विरोध हुने गरेको छ । तर, नेता लामाले दावालाई आफ्नो बडीगार्डका रुपमा कार्यक्रमहरूमासँगै लैजाने गरेको एक कांग्रेस नेताले बताए ।

कांग्रेसका नेता विमलेन्द्र निधिको नजिकका मानिने निवर्तमान सांसद लामाले नै गुन्डा नाइके दावालाई राजनीतिक संरक्षण दिँदै आएका छन् ।

निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पुगाउन सक्नेभन्दै राजधानी र काभ्रे प्रहरीले दावासहितका गुन्डा नाइकेहरूको सूची तयार पारेर निर्वाचनको अवधिभरि थुनामा राख्ने भित्री तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

हुन त अर्का गुन्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गे स्वतन्त्रबाट मनाङ जिल्लामा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि मनाङ्गेले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

स्रोतका अनुसार मनाङ्गेलाई सहयोग गर्न एमालेको तर्फबाट उम्मेदवारी दिएकी खण्डा लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । अब गुन्डा नाइके मनाङ्गेले एमालेको समर्थनमा प्रदेश सभामा जित्ने विपक्षी उम्मेदवारहरूको आरोप छ । नाताले खण्डा मनाङ्गेको बहिनी पर्छिन् ।

Published : Sunday, 2017 October 29, 4:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया