यति राम्री यी महिलाले यस्तो गर्छिन् काम

काठमाडौं । उनको नाम देवकुमारी भुजेल (थापा) हो । नेपाली समाजमा देवीलाई भगवानको रुपमा लिइन्छ । यस्ता नामलाई भगवानसँग जाडेर हेर्ने गरिन्छ ।

स्याङ्जा फेदीखोला गाउँपालिका घर भै हाल पोखरा १४ चाउथे बस्ने देवीकुमारीको नाम भगवानको जस्तो भए पनि उनको नाम अनुसारको काम देखिएन । ३८ वर्षकी उनी खुङ्खार ठग भएर निस्किइन् ।  ती खुङ्खार ठग देवीले पत्याउनै नसकिने गरी रकम ठगेकी छिन् ।

नेपाली परिवेशमा हुर्किएकी एक महिलाले कतिसम्म रकम ठगी गर्न सक्लिन् वा कमाउन सक्लिन् ? तपाईंको अनुमान हुनसक्छ, एक/दुई लाख । त्योभन्दा माथि ५० लाख वा एक/दुई करोड ।

कमाई पनि एक दुई करोड वा ठगी पनि एक दुई करोड धेरैले अनुमान लगाउन सक्ने यत्ति हो । धेरै नेपालीको औकात त्योभन्दा माथि जानसक्ने अवस्था छैन । यदि त्योभन्दा माथि भयो भने अपवाद हुनसक्छ । तपाईंको यो अनुमानभन्दा धेरैमाथि करिब आधा अर्ब रुपैयाँ ठग्न सफल भएकी छिन्, देवीले ।

उनको ठग्ने काइदा पनि बडो गजबको थियो । कहिले घडेरी पास गर्न, कहिले गाडी तथा घर खरिद गर्न, कहिले कसैलाई विदेश पठाउन र जग्गा प्लटिङ गर्न यस्तै अनेकन बहाना बनाएर देवीले विभिन्न व्यक्तिसँग रकम उठाउँथिन् । आधा अर्ब रकम ठगेर भागेकी उनी अन्ततः प्रहरी फन्दामा परेकी छन् ।

स्याङ्जाकी देवीकुमारी पोखरा चाउथे बस्थिन् । २०५१ सालदेखि पढ्ने सिलसिलामा पोखरा आएकी देवकुमारीको विवाह भारतीय सेनामा कार्यरत लक्ष्यबहादुर थापासँग भयो ।

एक छोरा र दुई छोरीकी आमा उनलाई नपुग्दो खासै थिएन तर धेरै धन कमाउने लोभले उनीले सुरु गरिन्, जग्गा दलालको काम । जग्गा दलालको काम गर्ने देवी टोल छिमेकमा निकै सहयोगी देखिन्थिन् । आवश्यक परेको बेला रकम सापटी दिई सहयोगी रुप देखाउँथिन् ।

बोली व्यवहार असाध्यै मिजासिलो थियो । देवीले जो कसैलाई पनि सहजैरुपमा विश्वासमा लिन सक्ने क्षमताकी थिइन् । चाउथेमा घर बनाउँदै गरेको जनाउने देवीको परिवार स्थानीय नारायण लम्सालको घरमा डेरा लिई बस्दै आएको थियो ।

४३ वर्षे उनका श्रीमान् तीन महिना अघिमात्र पेन्सन निस्केर आएका थिए । उनीहरुका दुई छोरी र एक छोरामध्ये जेठी छोरी अमरसिंह स्कुल कक्षा १०, कान्छी कास्की मोर्डनाइज्ड कक्षा ७ र छोरा पोखरा पब्लिकमा भर्खरै नर्सरीमा भर्ना भएका थिए ।

भदौ १४ गते अमरसिंह होस्टलमा बस्ने छोरी र अरु स्कुलबाट छोराछोरीलाई हजुरबुवाको मृत्यु भएको झूटो विवरण दिई साथ लिएर भदौ १४ गतेदेखि देवीको परिवारै फरार भयो ।

चाउथेमा घर बनाउँदै गरेको जनाउने देवीको परिवार स्थानीय नारायण लम्सालको घरमा डेरा लिई बस्दै आएको थियो । लम्सालले हालै देवकुमारीसँग एक करोड ५० लाखमा घर खरिद गरेका थिए । लम्साल घरको तल्लो फ्ल्याटमा बस्थे भने देवकुमारीको परिवार माथिल्लो फ्ल्याटमा । उनी लम्साललाई पनि ती महिलाले १० लाख रुपैयाँ ठगी गर्न सफल भएकी थिइन् ।

भदौ १४ गते दिउँसोसम्म देवी घरमै थिइन् । दिउँसो घरमा आएको र साँझ फोन सम्पर्क गर्दा फोन रिसिभ भएन । राति छरछिमेकले प्रयास गर्दा स्वीच अफ थियो । आमा र बाबु सम्पर्कमा नआएपछि छोराछोरी र स्कुलमा जानकारी दिनु प-यो भनी नारायण लम्सालले स्कुलमा बुझ्दा पनि छोराछोरी लिएर गएको जानकारी दिइएको उनले बताए ।

देवीकुमारी बस्ने घरमा मान्छेको आउजाउ दैनिक बाक्लै हुन्थ्यो । भदौ १५ गते देवकुमारीको घरमा एकपछि अर्को मान्छे आउन थाले । आपसमा गाइँगुइँ चल्यो । मैले यति रकम दिएको थिएँ, मैले यति सापटी दिएको हुँ भन्ने दाबीकर्ता बढ्न  थाले । पीडितका अनुसार महिलाले विभिन्न व्यक्तिलाई ब्लाङ्क चेक दिएकी थिइन् ।

घटनापछि, समाजका गन्यमान्य बालसिंह काउछाको घरमा पीडितको भेला बस्यो । सो भेलामा ठगिएकाहरुको नाम उतार गर्दा एक सय दुई जना पुग्यो । भदौ १५ गते पनि वडा प्रहरी कार्यालय रामबजारमार्फत जिल्लामा २६ जनाको सामूहिक उजुरी दिँदा १३ करोड रुपैयाँ ठगी भएको पाइएको थियो । उजुरीबारे आवश्यक प्रक्रिया अघि नबढेकोपछि ५२ जनाले निजलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गरी आफूले दिएको रकम फिर्ता पाउनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिए । त्यसपछि कास्की प्रहरीले उनको खोजी सुुरु ग¥यो ।

देवीले पोखरामा जग्गाको कारोबार गर्थिन् । चाउथेमा घर–जग्गा अनि गाडी देखाएर धेरैजनालाई फँसाएर पतिसहित उनी भाग्न सफल भएकी हुन् । देवीले धेरैसँग पैसाको लेनदेन गरेर मन जितेकी थिइन् । त्यसैको फाइदा उठाउँदै धेरैको रकम खाएर उनी भागिन् । त्यति मात्र होइन देवीले जसलाई घर बेचिन्, उनीहरुसँगबाट समेत रकम ठगेकी थिइन् उनले । वैशाखमा देवीको घर किनेका शोभा लम्सालका पतिसँग देवीले १० लाख रुपैयाँ सापटी लिएर भागेकी हुन् ।

देवीकुमारीले धेरैलाई विश्वासमा लिएर सापटी भन्दै रकम उठाएकी थिइन् । सापटी भनेर दिएको रकममध्ये एक करोड रुपैयाँ बढी ठगिनेमा मात्रै पाँच जना छन् । सबैभन्दा ठूलो रकम ठगिने पीडित पोखरा ६, रत्नचोकका रामबाबु चित्रकार हुन् । उनको दुई करोड रुपैयाँ देवीले ठगेको पाइएको थियो । त्यस्तै, पोखरा १४ बस्ने श्रीकान्ति थापाको एक करोड ५४ लाख, पोखरा ८ की सोनुमाया श्रेष्ठको एक करोड १७ लाख, टंकजंग क्षेत्रीको एक करोड एक लाख, पोखरा १४ चाउथेकी मीना थापाको एक करोड रुपैयाँ छ ।

पीडितमध्ये ४० लाख रुपैयाँ ठगिएका देवबहादुर राना अहिले तनावमा छन् । ‘यति ठूलो रकम एक महिलाले यसरी विश्वासमा पारी जालझेल गर्छिन् भन्ने कहिल्यै सोचेको थिएन,’ उनले भने । देवकुमारीलाई उनले २०७० सालदेखि नै सानो–तिनो पैसा दिई गर्जो टार्ने गर्थे । बेलाबेलामा रकम पनि फर्काउने गरेकोमा पछिल्लो समय दिएको ४० लाख रुपैयाँ घर बनाउन मागेकाले दुःखमा सहयोग गर्नुपर्छ भनी सहयोग गरेको उनले बताए । उनका अनुसार देवकुमारीले टोल छिमेकीलाई पनि आवश्यक परेको बेला रकम सापटी दिई सहयोगी रुप देखाउने गरेकी थिइन् । रानाका अनुसार जग्गा कारोबारमा संलग्न देवकुमारी जो कसैलाई पनि सहजैरुपमा विश्वास लिन सक्ने क्षमताकी थिइन् । उनीसँग २०५२ सालदेखि कारोबार गर्दै आएका मानिस पनि ठगिएका छन् ।

पीडिमध्येका अर्का व्यक्ति हुन्, स्याङजा किचनास घर भई हाल पोखरा बस्ने भवानीशंकर पौडेल । दुःखले कमाएको उनको ७५ लाख रुपैयाँ यतिखेर माटोमा मिलेजस्तै भएको छ । ‘आवश्यक प¥यो, केही दिनलाई पैसा सापटी दिनु प¥यो भनेर आइन्,’ उनको आर्थिक स्थिति राम्रै रहेको देखेका पौडेलले भने, ‘टोल छिमेकमा सहयोग गर्नुप¥यो भनी दिएको उनको नियत गलत रहेछ ।’ देवीले सयभन्दा बढी ठगीमा परे पनि तीमध्ये ५२ जनाले उनलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गरी दिएको रकम फिर्ता दिलाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए ।

पोखराबाट फरार भएपछि देवीकुमारी निकै सुरक्षित तवरले काठमाडौंमा लुकेकी थिइन् । प्रहरीले नभेट्टाओस् भनेर काठमाडौंको जैसीदेवलमा बन्दोबस्तसहित बसेकी उनी अन्ततः प्रहरी फन्दामा परिन् । कस्तो थियो त उनी लुकेको ठाउँ ? मूल सकडबाट भित्र सानो गल्ली । गुफाजस्तै ठाउँमा साँघुरो पुरानो घर । त्यो घरको पनि साना २ कोठा । त्यही सानो कोठामा आफ्नो परिचय लुकाएर जेठ १५ गतेदेखि देवीको परिवार बसेको थियो । मुसो दुलोमा लुकेझैँ गरी अभियुक्त देवी र उनका पति लक्ष्मण काठमाडौं न्युरोडनजिकै जैसीदेवलमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी र केही पीडित देवीको खोजीमा असोज १९ गते बिहान काठमाडौं पुगे ।

देवी बसेको कोठमा पुग्न निकै कठिन भयो उनीहरुलाई । त्यस्तो ठाउँमा पूरै बन्दोबस्त मिलाएर बसेको देख्दा अच्चम परेको एक पीडित स्रोतले बतायो । ‘पोखराबाट पैसा खाएर भाग्ने पूरै योजना तयार पारेर काठमाडौँमा डेरा लिएको प्रस्ट हुन्छ,’ स्रोतले भन्यो, ‘डेरामा पुग्न पनि निकै गाह्रो र निउरेर भित्र पस्नु पर्ने त्यस्तो ठाँउमा लुकेर बसेका थिए ।’ कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग मागेर असोज १९ गते साँझ ४ बजे देवी र उनका पति लक्ष्मणलाई पक्राउ ग-यो । असोज २० गते ११ बजे बिहान दम्पतिलाई बुद्ध एयरबाट पोखरा ल्याइयो । देवीको २ छोरी र १ छोरालाई पीडित पक्षले ल्याएर चाउथे स्वागतनगरमा रहेको घरमा छाडेका छन् । जुन घर देवीले अर्कोलाई बेचेर घरको माथिल्लो तल्लामा डेरामा बस्ने गर्थे ।

देवी भागेपछि धेरैले विदेश गएको अनुमान गरेका थिए । पीडितहरुले देवी पक्राउ पर्लिन् भन्ने आशा नै गरेका थिएनन् तर देवीले प्रयोग गरेको पुरानो फोन कलको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भयो । देवी हराएको केही दिनपछि महेन्द्रपुलका औषधि व्यवसायी दण्डपाणि सुवेदीसँग सम्पर्कमा आएपछि कास्की प्रहरीले पक्राउ गर्ने योजना बनाएको हो । त्यसपछि प्रहरीले सुवेदीकै सहयोगमा देवीलाई पक्राउ ग¥यो । पटक–पटक देवीसँग भएको फोन सम्पर्कका कारण प्रहरीले सुवेदीमाथि पनि शंका उब्जाएको थियो । त्यही भएर कास्की प्रहरीले सोधपुछको लागि सुवेदीलाई पनि हिरासतमा राखेको छ ।

केही महिना अघिदेखि पोखराबाट भाग्ने योजना बनाएकी देवीले पछिल्लो चरणमा समेत धेरैजनासँग रकम लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘असोज २० गते काठमाडौंबाट ल्याएका छौं,’ उनले भने, ‘हिरासतमा राखेर थप अनुसन्धान गरी रहेका छौँ ।’ अदालतबाट म्याद थप गरी अन्य प्रक्रिया अगाडि बढाएको डिएसपी खत्रीले बताए ।

Published : Saturday, 2017 October 28, 9:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया