शारडा समूहले ल्यो मेङ्गो जुस

विराटनगर । गुडलाइफ ब्रान्डका बिस्कुट, चकलेट र स्न्याक्सको व्यावसायिक उत्पादन गरिरहेको शारडा–जाजू समूहले परीक्षणका लागि मेङ्गो जुस बजारमा ल्याएको छ ।

गुडलाइफ बेभरेजले गुडलाइफ नाम दिइएको जुसले बजारबाट राम्रो प्रतिकृया पाएको उद्योगका संचालक महेश जाजूले बताए । सञ्चालक जाजूका अनुसार आँपको साथै लिची, अनार, अम्बा, सुन्तलालगायत धेरै स्वादमा जुस बजारमा ल्याइनेछ ।

सुनसरीको दुहबीमा ६० करोड रुपैयाँको लागतमा जुस उद्योगको स्थापना गरिएको छ ।

चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेस्डर बनाएर जाजूले उत्पादनलाई देशव्यापी बनाउने योजना बनाएका छन् ।

Published : Saturday, 2017 October 28, 9:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया