क्रिश्चियनहरू एमाले–माओवादीलाई गुन तिर्ने, फेला पर्यो प्रमाण

काठमाडौं । राष्ट्रिय ईसाई समाज राष्ट्रिय एकता केन्द्र नेपालले वाम गठबन्धनका एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेको छ ।
ईसाई समाजका पूर्व महासचिव रामप्रसाद न्यौपानेले कात्तिक ८ गते अपील जारी गर्दै समाजको लेटरप्याडमा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
‘मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा धार्मिक स्वतन्त्रता, राष्ट्रियता र दिगो विकासका लागि ऐतिहाँसिक वाम गठबन्धनका प्रत्यक्षतर्फका उम्मेदवारका लागि गोलो घेराभित्रको हसिँया हथौडा र सूर्य चिन्हमा मतदान गर्न देशैभरि रहेका क्रिश्चियन समुदाय, (चर्च)का पास्टर, अगुवा तथा सम्पूर्ण विश्वासी सदस्यहरूमा अपील गर्छु’, न्यौपानेले भनेका छन् ।
नेपाललाई हिन्दू राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष गर्न मद्दत गरेको भन्ने आरोप एमाले र माओवादी केन्द्रलाई लागि रहेका बेला क्रिश्चियनहरूले वामपन्थीहरूलाई जिताउन गोप्य रुपमा अभियान चलाएका हुन् ।
यो सर्कुलरले नेपाली कांग्रेससहितका लोकतान्त्रिक शक्तिहरू धर्मको आडमा विदेशीसँग पैसा खाएर कुनै पनि गतिविधि गर्दैनन् भन्ने पुष्टि हुन्छ ।
हुन त तत्कालीन सभामुख तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङले क्रिश्चियनहरूसँग ठूलो परिणाममा पैसा खाएर अन्तरिम संविधानमा धर्मनिरपेक्ष शब्दावली राखेको आरोप लाग्दै आएको छ । यो विषयमा नेम्वाङले स्पष्ट रुपमा केही बताउन सकेका छैनन् ।
1 प्रतिकृया प्राप्त “क्रिश्चियनहरू एमाले–माओवादीलाई गुन तिर्ने, फेला पर्यो प्रमाण”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसरी धर्मको अाडमा देसमा भाडभैलोः मच्चाउने ब्यक्तिहरु लाइ माफ गर्न हुदैन।सत्ता स्वार्थ को लागि जेपनि गर्ने नेताहरुलाई भबिस्यमा जेल कोच्नु पर्छ। कमसेकम यो निर्वाचन मा तिनीहरु लाइ हराउनु पर्छ।