सिङ्गो प्रदेश हाँक्न देउवा पक्षले बनायो महिला नेतृ शाहीलाई कमाण्डर
काठमाडौं । नेपाल कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले कर्णाली प्रदेशभित्रका जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्न पूर्वसांसद एवम् नेतृ रंगमती शाहीलाई कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी दिएका छन् ।
नेतृ शाहीलाई संयोजक प्रा.डा.कोइरालाले कर्णाली प्रदेश संयोजकमा नियुक्त गरेका हुन् । शाहीले कर्णाली प्रदेशमा शेरबहादुर देउवा पक्षको अधिवेशन गराउनेछिन् । त्यसका लागि उनले नेतृत्वदायी भूमिका खेल्नेछिन् ।
देउवा पक्षले महिना नेतृलाई कर्णाली प्रदेशको जिम्मेवारी दिएर महिलाहरू पुरुषभन्दा कमोजर छैनन् भन्ने सन्देश दिएको छ । शेरबहादुर देउवाकै पालामा कांग्रेसले महिलालाई ३३ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको थियो ।
तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । शेरबहादुर देउवाले सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको लागि पुनरावलोकनको निवेदन दिएपछि निस्सा पाएका छन् । देउवाले पनि कांग्रेसमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । सर्वोच्च अदालतको आधिकारिकता नआउँदासम्म कांग्रेसलाई देउवासँग कसैले पनि लैजान सक्दैन ।
देउवा पक्षले मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरि यहि असोज १५ गते वडा अधिवेशन गर्न लागेको छ । त्यसका लागि जिल्लाहरूमा संयोजक र केन्द्रीय प्रतिनिधि नियुक्त गरेर संयोजक प्रा.डा.कोइरालाले जिम्मेवारीसहित पठाएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया