गुन्डा नाइके मनाङ्गेलाई एमालेको साथ,यस्तो भयो ओलीसँग सहमति

काठमाडौं । मनाङ जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएर गुन्डा नाइके राजीव गुरुङ भन्ने दीपक मनाङ्गेलाई सहयोग गर्ने भएकी छिन् ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका मनाङेलाई सघाउने भन्दै लामाले बुधबार उमेदवारी फिर्ता लिएकी हुन् । जिल्लाबाट सर्वसम्मत सिफारिश भएका मनाङ्गेको सर्वत्र विरोध भएपछि एमालेले लामालाई टिकट दिएको थियो ।

टिकट नपाएका मनाङ्गेले आफूलाई जनताको साथ र माया भएको तथा जित्ने दाबी गर्दै स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए ।

एमालेका अध्यक्ष केपी ओलीसँगको भित्री सहमतिपछि मनाङ्गेलाई स्वतन्त्रबाट जिताउने भित्री योजनाअनुसार लामालाई फिर्ता गरेर मनाङ्गेका लागि बाटो खोलिएको हो ।

योसँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुनेछ । मनाङ्गे केही समय अगाडि मात्रै राप्रपा छाडेर एमालेमा प्रवेश गरेका थिए ।

गुन्डा नाइके मनाङ्गेबाट शान्ति सुरक्षामा खतरा रहेको भन्दै प्रहरीले स्थानीय तहको निर्वाचनका बेला पक्राउ गरेर थुनेको थियो । उनीविरुद्ध अपहरण, ज्यानमुद्धा, फिरौती, जबरजस्ती चन्दा असुली जस्ता अनेकौ अपराध लागेका छन् ।

Published : Wednesday, 2017 October 25, 5:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया