अस्थायी साधनप्रति महिलाहरू आकर्षित

इनरुवा । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।

सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन् ।

अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ ।

जिल्लामा एक हजार ४४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ ।

परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको भनाइ छ ।

Published : Sunday, 2017 October 22, 9:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया