अभिनेत्रीलाई सात वर्षकै उमेरमा कारभित्रै …

मुम्बई । बलिउडकी प्रशिद्ध कमेडियन मल्लिका दुआले बालापनमा आफूमाथि भएको यौन शोषणको घटनाको खुलासा गरेकी छन् ।

उनले फेसबुक र अन्य सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ७ वर्षको उमेरमा नै आफूमाथि यौन शोषणको घटना भएको बताएकी छन् ।

उनले आफ्नो पोस्टमा लेखिन्, ‘म पनि आफ्नै कारमा मेरो आमा कार चलाउँदै हुनुहुन्थ्यो र उ पछाडि बसेको थियो । कार चलेको पूरा समय उसको हात मेरो स्कर्टमा थियो । म जम्मा ७ वर्षको थिएँ र मेरी दिदी ११ वर्षकी थिइन् । उसको अर्को हात मेरो दिदीको ढाडमा थियो ।’

उनले आफ्नो वुवा अर्को गाडीमा भएको र त्यही रात उसलाई बुवाले रंगेहात समातेपछि बेस्करी र्हिकाएको लेखेकी छन् । मल्लिका दुआ अहिले स्टार प्लसको शो ‘द ग्रेट लाफ्टर च्यालेंज’मा जजको रुपमा देखिएकी छन् । उनी पत्रकार विनोद दुआकी छोरी हुन् । उनले इस्टाग्राममा गरेको पोष्टमा अन्य महिलाले पनि समर्थन गर्दै आफ्नो घटनाबारे खुलाएका छन् ।

कोहीले सार्वजिनक रुपमा आफूमाथि भएको दुर्व्यवहार त कोहीले आफ्नै परिवारबाट यौन शोषणको सिकार भएको घटनालाई सार्वजनिक गरेका छन् ।

यसअघि मल्लिकाले उबरमा ड्राइभरले गरेको दुर्व्यवहारको बारेमा लेखेकी थिइन् । – एजेन्सी

Published : Saturday, 2017 October 21, 3:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया