मुक्तिनाथमा अत्याधुनिक रिसोर्ट

मुस्ताङ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्ष्य गर्दै १७ करोड लगानीमा अत्याधुनिक सुविद्यासहितको रिसोर्ट बन्ने भएको छ ।
सोनाम लामाको लगानीमा निर्माणाधीन रिसोर्ट एक वर्षभित्र सञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ ।
रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैंचा र पार्किङस्थल निर्माणको काम भने बाँकी छ । तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको पहिलो चरणमा २० कोठाको भवन निर्माण सम्पन्न भएको लामाले जानकारी दिए ।
उनका अनुसार, यही वर्षको दसैंमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरेपनि विनाशकारी भूकम्प र हिउँदमा बढी चिसो हुने भएकाले कामदार बेसी झर्ने हुँदा एक वर्ष लम्बिएको हो ।
‘स्थानीयसँग करिव ८० रोपनी जग्गा ३० वर्षका लागि लिजमा लिएर सुरु गरेको यो रिसोर्ट दुई चरणमा बन्नेछ । पहिलो चरणको काम ८० प्रतिशत सकिएको छ भने, दोस्रो चरणको काम भने रिसोर्ट सञ्चालनमा आएपछि सुरु हुनेछ’, लामाले भने, ‘यहाँ आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी केही नयाँ गरौं भन्ने उद्देश्यले मैले रिसोर्टको अवधारणा ल्याएको हुँ ।’ रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइबिङको व्यवस्था हुनेछ । वरपर स्याउबारीसमेत रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत