सेल्फी लिदै पवित्रा परपुरुषसँग फरार, दुधे छोरोको बेहाल

भैरहवा । अर्घाखाँची जिल्लाकी एक महिला दुधे बालक र श्रीमानलाई छाडेर नगद तथा गरगहनासहित फरार भएकी छिन् ।

सीतगंगा नगरपालिका वडा नं. ५ स्थायी घर भएका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा पौडेल फरार भएकी हुन् । उनी गत असोज २२ गते ‘बिदेशबाट पैसा आएको छ, निकालेर आउँछु’ भन्दै घरबाट हिँडेकी हुन् । अहिलेसम्म सम्पर्कमा नआएको पौडेल परिवारले जानकारी दिएका छन् ।

फरार पवित्राको ३ वर्ष अगाडि परम्परा अनुसार विवाह भएको थियो । उनको कोखमा अहिले १४ महिनाको छोरा छन् । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।

श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ ओटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले जानकारी दिए ।

त्यतिमात्र होइन पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएको पौडेल परिवारले दाबी गरेको छ ।

पवित्राको खोजी गर्दै जाँदा सीतगंगा नगरपालिका वडा नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग फरार भएको प्रमाण आफूहरूले फेला पारेको पौडेल परिवारले दाबी गरेको छ । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिषरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् ।

उनीहरूको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्रप्रकाश पौडेलले आग्रह गरेका छन् । श्रीमती धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश पौडेल बिहीबार साँझ नेपाल आइपुगेका छन् ।

पवित्रा पौडेललाई देख्ने जो कोहिले नजिकको प्रहरी कार्यालय आग्रह समेत गरेका छन् ।

Published : Saturday, 2017 October 14, 10:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया