रहस्यभन्दा कम छैन रेखाको जीवन

मुम्बई । भारतीय सिनेमाकी चर्चित नायिका रेखा गणेशनको जन्मदिन विगत सम्झिएर सकिएको छ । उनको जीवन सधैं चर्चाको विषय बन्ने गर्दछ । चाहे त्यो व्यवसायिक होस् वा व्यक्तिगत ।

उनले थुप्रै विवाह गरिन् पनि भनिन्छ । श्रीमान्को मृत्युपश्चात् पनि सधैं सिन्दुर लगाइराख्नु मानिसहरुले विभिन्न प्रश्न तेर्साउने गर्दछन् । उनको नाम अमिताभदेखि अक्षय कुमारसम्म जोडिने गरिन्छ ।

रेखाको नीजि जीवन सधैं चर्चामा रहेको छ । उनले विभिन्न विवाह गरेको बताइन्छ । तर वास्तविकता के हो, त्यो रेखालाई मात्र थाहा छ । उनले व्यवसायी मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । मुकेशले विवाहको एक वर्षपछि आत्महत्या गरेका थिए ।

रेखाको आफ्नो करियरको क्रममा थुप्रै अभिनेतासँग नाम जोडियो । अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नविन निश्चल, जितेन्द्र, यश कोहली, किरन कुमार, शत्रुघ्न सिन्हा, साजिद खान र अक्षय कुमारजस्ता स्टार्ससँग नाम जोडियो ।

उनले विनोद मेहरासँग गोप्य रुपमा विवाह गरेको भन्ने पनि गरिन्छ । तर सिमी अग्रवालको कार्यक्रममा उनले यो खबरलाई खारेज गरेकी थिइन् ।

उनको अमिताभ बच्चनसँगको सम्बन्ध त जगजाहिर छ । तर के तपाईंलाई थाहा छ, उनको संजय दत्तसँग पनि नाम जोडिइसकेको छ जो उनीभन्दा पाँच वर्ष कान्छा छन् । रेखाले अमिताभलाई देखाउनका लागि संजय दत्तसँग पनि विवाह गरेको बताइन्छ ।

रेखाका कारण कमल हसन र उनकी श्रीमती वाडी गणपतीबिच तनाव पैदा भएको थियो । रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । उनी साउथ इन्डियन फिल्मका नायक जेमिनी गणेशन र तेलुगु नायिका पुष्पावलीकी छोरी हुन् ।

रेखा जन्मिँदा उनको आमा–बुवाको विवाह भएको थिएन भनिन्छ । रेखाको बाल्यकाल संघर्षले भरिएको थियो । किनभने उनका आमा–बुवाले कहिले पनि उनको वास्ता गरेनन् । उनका पिताले कहिले पनि रेखालाई आफ्नो नाम दिएनन् ।

रेखाका बुवाले लगभग चार विवाह गरेका थिए तर रेखाकी आमासँग कहिले पनि विवाह गरेनन् । रेखालाई आफ्ना बुवासँग यति घृणा थियो कि उनी अन्तिम संस्कारमा पनि गइनन् । रेखालाई संसार घुम्ने शौख थियो त्यसकारण एयरहोस्टेज बन्न चाहन्थिन् तर उनी कम उमेरका कारण रिजेक्ट भएकी थिइन् ।

रेखालाई मेकअप गर्न निकै मनपर्दथ्यो त्यसकारण उनी एयरहोस्टेजलाई साथी बनाउँथिन् । उनीहरुले विदेशबाट मेकअपका सामान उपहारस्वरुप दिउन् भन्ने उनको चाहना हुन्थ्यो ।

रेखाले कुनैबेला नन बन्ने पनि सोच बनाएकी थिइन् । आयरल्याण्डको एक कन्भेन्ट स्कूलमा पढेपछि उनलाई यस्तो सोच बनाएको बताएकी थिइन् । आर्थिक समस्याका कारण रेखाले तुलुगुको बी र सी ग्रेड फिल्ममा पनि काम गरिन् ।

बलिउडमा चार दशकदेखि काम गरिरहे्की रेखाको एउटा इच्छा थियो जुन पूरा हुन सकेन । चर्चित कलाकार दिलिप कुमारकी नायिका बन्ने उनको सपना अधुरो रह्यो । फिल्मी करियरको सुरुवाती दिनमा उनी आफ्नो कालो वर्णका कारण असहज थिइन् । यहाँसम्म कि बलिउडमा पनि थुप्रले उनलाई नराम्रो भन्दथे ।

निकै थोरै मानिसहरुलाई मात्र थाहा छ कि उनी निकै राम्रो मिमिक्री आर्टिस्ट पनि हुन् । उनले नीतू सिंहका लागि याराना र स्मिता पाटिलका लागि वारिशमा डबिंग गरेकी छिन् । रेखालाई गीत गाउन निकै शौख छ । आरडी बर्मनको आग्रहमा उनले फिल्म खुबसुरतको दुईवटा गीत गुन्गुनाएकी थिइन् । रेखालाई बलिउडकी एभरग्रीन डीभा र सेक्स सिम्बोल भनिन्छ । उनीसँग कोही पनि स्टाइलिष्ट छैनन् । उनी आफ्नो कपडा र लुक आफै स्टाइल गर्छिन् । – एजेन्सी

Published : Thursday, 2017 October 12, 10:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया