अभनिस डिष्टिलरीको एम्पेरर स्कच माल्टस् नेपालमा

काठमाडौं । अभनिस डिष्टिलरिले एम्पेरर स्कच् माल्टस् नेपाली बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक प्रिमियम स्कच् माल्टस् ल्याइएको र यसमा ५ वर्षदेखि पाक पु-याईएको स्कच् माल्टस् गुणस्तरको एक सय प्रतिशत ग्रेन स्पिरिटको साथमा राखि ल्याइएको कम्पनीले जनाएको छ ।

यसको मुल्य ७५० मिलि लिटरको ७ सय रुपैयाँ स्पेशल अफरको रुपमा निर्धारण गरिएको जनाइएको छ । कम्पनीका अनुसार स्कटल्याण्डको उत्कृष्ट स्कच् माल्टस् रहेको र यसमा रिच र स्मोकी फ्लेवरको पूर्ण सन्तुलन रहेको कम्पनीले जनाएको छ ।

एक सय प्रतिशत शुद्ध ग्रेन स्पिरिटसँग मिसाइएको यो स्कच माल्टस्को स्वाद र फ्लेवरले उत्कृष्ट अनुभव दिने जनाइएको छ ।

एम्पेरर् स्कच् माल्टस् आइएसओ गुणस्तर प्रमाणीत कम्पनीद्धारा उत्पादीत भएको र काठमाडौंका प्रत्येक पसलमा यो स्कच् माल्टस् उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Published : Friday, 2017 October 6, 9:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया