दीपिकाको पढाइ कति ?

काठमाडौं । ‘ऐश्वर्या’बाट फिल्ममा डेब्यु गर्दै गरेकी दीपिका प्रसाइँलाई बलिउड फिल्मका अभिनेता आमिर खान र दीपिका पादुकोण मन पर्ने कलाकार हुन् ।
दीपिका पछिल्लो समय चर्चामा पनि छिन् । आफ्नो पहिलो फिल्मको प्रचार प्रसारमा दीपिका कम्मर कसेर लागेकी छन् ।
‘ऐश्वर्या’मा दीपिकाको अपोजिट भूमिकामा अभिनेता रमेश उप्रेती देखिने छन् । दीपिकाले फिल्म राम्रो बनेको बताएकी छिन् ।
मेकअप गर्न रुचाउने दीपिकाले आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिने गरेको बताउँछिन् । उनलाई क्याजुअल ड्रेस सजिलो लाग्छ ।
वान पिस, गाउन पनि मनपर्ने गरेको उनको भनाइ छ । हुन त उनलाई आफ्नो ओठ राम्रो लाग्छ । ब्याचलर सिध्याएकी दीपिका अब फिल्म क्षेत्रमै केन्द्रित रहने योजना सुनाइन् ।
Published : Tuesday, 2017 October 3, 7:44 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत