राष्ट्रपति भण्डारी असोज १६ गते देउखुरी जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको देउखुरीस्थित गढवा बहुमुखी क्याम्पसको कार्यक्रममा सहभागी हुन असोज १६ गते जाने भएकी छिन् ।

गढावास्थित गढवा बहुमुखी क्याम्पसले आयोजना गरेको सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी देउखुरी जाने आयोजक मूल समितिका संयोजक मेटमणि चौधरीले जानकारी दिए । महायज्ञमा प्रवचन दीनबन्धु पोखरेलले दिने छन् ।

चौधरीले भने, ‘क्याम्पसको भवन निर्माणका लागि असोज १६ देखि २७ गतेसम्म गढवास्थित क्याम्पस प्राङ्गणमा सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको छ । राष्ट्रपतिले उद्घाटन कार्यक्रममा आउँछु भनेर आश्वासन दिनुभएको छ ।’

यसैबीच, समितिले आइतबार सिंहदरबारमा नेपाल फोरम लोकतान्त्रिक पार्टीका मुख्य सचेतक योगेन्द्र चौधरी, नयाँ शक्ति पार्टीकी सांसद गंगा चौधरी र संघीय थरुहट राष्ट्रिय मञ्चकी सांसद रुक्मिणी चौधरीलाई सिंहदरबारमा भेट गरेर महायज्ञमा आउन निमन्त्रणा दिएको छ । निमन्त्रणा पाएपछि सांसदहरूले क्याम्पसलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

केही दिनदेखि निमन्त्रणा दिन काठमाडौंमा रहेको समितिले सांसद र उच्च अधिकारीहरूलाई भेट गरे पत्र बुझाइरहेको छ । काठमाडौंमा रहेको टोलीमा मेटमणि चौधरी, देवराज पाठक, हीरालाल चौधरी, शंकर पाण्डे, रविलाल आचार्यसहितका रहेका छन् ।

Published : Sunday, 2017 September 17, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया