चालीस करोड घोटालामा देउवाको नाम मुछ्यो ‘ढकाल-धिताल’ समूहले

काठमाडौं । बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रमा भएको भ्रष्टाचर छानबिन प्रकरणमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तानिने भएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, लेखा प्रमुख चन्द्रकिशोरप्रसाद चौधरी र ढकालको मिलेमतोमा ह्यान्डलिङ बैंकमा रहेको (केन्द्रको खाता रहेको ग्लोबल आईएमई बैंक) धरौटी खाताको ४० करोड रकम अपचलन गरिएको तथ्य बाहिर आएको हो ।

वर्तमान सरकारसँग सेटिङ मिलाएको भन्दै यो समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई बदनाम गराउन थालेको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीसँग सेटिङ मिलाएको भनेर आफू निकटका कर्मचारीसँग कुराकानी गर्ने गरेका छन् ।’

जबकि ह्यान्डलिङ बैंकमा रहेको धरौटी खाताको रकम चलाउन मिल्दैन । ९० करोड खर्चको कुनै बिल भरपाई नै नभएकाले सोझै भ्रष्टाचार भएको लेखा नियन्त्रक पुष्पहरि गुरागाइँले नै औंल्याएको कुरा बाहिरिएपछि लेखा समिति र अन्य सरोकारवाला निकायले छानबिन गर्न सक्ने देखेर कार्यकारी निर्देशक धिताल, लेखाका चौधरी र प्रशासनका प्रमुख रुद्रप्रसाद खनालले कार्यालय बाहिर बसी फर्जी बिल भरपाई तयार गरिरहेको स्रोतको भनाइ छ ।

लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जा प्रबर्द्धन केन्द्रमा भएको भ्रष्टाचर र बेरुजु रकमको छानविन गर्ने तयारी थालेपछि फस्ने डरले चन्द्र ढकाल समेत आफ्नो बारेमा उजुरी परेका निकायहरूमा सेटिङ मिलाउन लागिपरेको उच्च स्रोतले बताएको छ ।

लेखा समितिका सदस्य रामहरि खतिवडाले केन्द्रको ८ अर्बभन्दा बढी बेरुजुको चाँडै नै छानबिन हुने बताए । ‘समितिको बैठक राखेर बेरुजु छानबिन गर्छौं’, खतिवडाले भने, ‘९० करोडको बिल भरपाई नै छैन । ४० करोड धरौटी खाताको पैसा केन्द्रले अपचलन गरेको उजुरी आएको छ । दोषी भेटिए सबैलाई कारबाही हुन्छ ।’

सांसद खतिवडाले बैकल्पिक उर्जा पवर्द्धन केन्द्रमा नेपाल आयल निगमको भन्दा पनि डर लाग्दो भ्रष्टाचार भएको भन्दै समितिले यसलाई गम्भीर रुपमा लिएको बताए ।

यो समूह फस्ने डरले केही कागजात नै गायब पार्ने काम गरेको केन्द्रका एक कर्मचारीले बताए । कार्यकारी निर्देशक धिताल, प्रशासन प्रमुख खनाल र लेखा प्रमुख चौधरीले अहिले धमाधम ९० करोडको बिल भरपाई फर्जी तयार जुटेका केन्द्रका एक उच्च कर्मचारीले बताए ।

५ अर्ब बेरुजुमा ९० करोडको खर्च पुष्ट्याई हुने कुनै आधार नभएकाले धिताल, खनाल र चौधरीले फर्जी बिल भरपाई तयार गरिरहेको आरोप छ ।

धिताल, खनाल र चौधरीको समूहले केन्द्रको सफट्वेयर नै बिगारी जरिवाना रकमको ४ करोड ३३ लाख ९४ हजार २१० रुपैयाँ समेत भ्रष्टाचार गरेका छन् ।

केन्द्रमा सूचिकृत सौर्यऊर्जा कम्पनीहरूको सफट्वेयरमा छुट्टाछुट्टै कोड राखिएको छ । धितालको समूहले सफट्वेयरमै हिसाबकिताव गोलमाल गरी ४ करोडभन्दा बढी भ्रष्टाचार गरेको प्रमाण बाहिर आइसकेको छ ।

Published : Saturday, 2017 September 16, 1:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया