विद्याले गरिन कमाल, सेक्सी स्वरले लठ्ठै

मुम्बई । बलिवुड अभिनेत्री विद्या बालनको नयाँ फिल्म ‘तुम्हारी सुलु’को ट्रेलर रिलिज भएको छ । यस फिल्ममा विद्या बालन रेडियोको कार्यक्रम प्रस्तोता सुलोचनाको रूपमा देखिने छिन् ।

फिल्ममा उनलाई ‘सुलु’ नामले अभिनय गराइएको छ । सुरेश त्रिवेणीको निर्देशनमा बनिरहेको फिल्मका कथा सुलोचना नामक एक महिलाको वरिपरी घुमेको छ ।

फिल्मको कथाअनुसार विद्या बालनले आफ्ना सहयोगी कार्यक्रम प्रस्तोतासँग मध्यरातिसम्म कार्यक्रम चलाउने गर्छिन् । यसलाई कमेडी र सेक्सी अन्दाजमा फिल्माइएको छ ।

विद्या बालनको सेक्सी आवाजबाट स्रोताहरू भुतुक्कै हुने गरेको जारी भएको ट्रेलरमा देखाइएको छ । – एजेन्सी

Published : Saturday, 2017 September 16, 10:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया