स्वदेशमा उत्पादित धागो र कपडा मेला

काठमाडौं । नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौंमा शुरु भएको छ ।

नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो ।

मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ ।

मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले कपडा उद्योग हरेक देशको मातृ उद्योग भएको बताए ।

उनले नेपाली उद्योगको विकासका लागि मन्त्रालयले सबैखाले सहकार्य गर्ने बताउँदै पुराना उद्योगका कानून सशोधन गर्दै लैजाने बताए ।

Published : Friday, 2017 September 15, 6:16 pm

1 प्रतिकृया प्राप्त “स्वदेशमा उत्पादित धागो र कपडा मेला”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया