नेपाल आइडलको फिनाले दोहामा, तयारी गर्न आयो टोली

कतार । नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुने भएको छ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आईडलको ग्राण्ड फिनाले यही सेप्टेम्बर २२ तारिखमा हुँदैछ ।

ग्राण्डमलको एम्पिथिएटरमा हुने ग्राण्ड फिनालेको तयारीका लागि नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको ६ जनाको टोली हिजो साँझ बिहीवार कतार आइपुगेको छ ।

टोलीमा निर्देशक पौडेल सहित कार्यक्रम उद्घोषक सुशील नेपाल, क्यामेरा हेड शिवराम श्रेष्ठ, आइटी हेड धनञ्जय आचार्य, लाईट डिजाइनर पंकज बिक सहितको टोली दोहा आइपुगेको छ ।

दोहाको हमाद इन्टरनेश्नल एयरर्पोटमा एभरेष्ट नेपाल युथ एसोसिएसन अध्यक्ष उत्तम गुरुङ सहितको टोलीले स्वागत गरको थियो ।

नेपाल आइडलको टोली कार्यक्रम फिनाले भन्दा ९ दिन अगाडि तयारी गर्न कतार आएको हो । आफ्नो छोटो भनाई राख्दै नेपाल आइडलका निर्देशक पौडेलले नेपालभन्दा बाहिर आएर कार्यक्रम गर्नु पर्ने भएकोले आफुहरु केही दिन अगाडि आएको जानकारी दिए ।

Published : Friday, 2017 September 15, 10:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया