अञ्जु पन्तको कार्यक्रममा झण्डैं…

काठमाडौं । क्रिश्चियन धर्म अंगालेकी गायिका अञ्जु पन्तले हिन्दू धर्मविरुद्ध बिष बमन गर्ने गरेको कुरा त पुरानै हो ।

क्रिश्चियन धर्मको प्रचारमा खुलेरै हिँड्न थालेकी गायिका पन्तले क्रिश्चियनहरूको प्रवचनमा हिन्दू धर्मको उछितो काढ्दै आएकी छन् ।

गायिका पन्तले हिन्दू धर्मको मात्र नभइ मुस्लिम धर्मको पनि विरोध गर्ने गरेकी छिन् । क्रिश्चियनको प्रवचनमा पन्तले मुस्लिम धर्मलाई तथानाम भनेको केही दिन अगाडि सार्वजनिक भएको गायिका पन्तको भिडियोमा उल्लेख छ ।

यसैबीच,गायिका पन्तलाई चर्चाको शिखरमा पुर्‍याएको ‘तिम्ले पराई ठानेपछि पराई हुन के भयो र…’ बोलको गीतका संगीतकार सन्तोष श्रेष्ठका विषयमा जथाभावी बोलेर विवादमा परेकी छिन् ।

क्रिश्चियन धर्मलाई संरक्षण गर्न बनको ‘अञ्जु पन्त प्रतिष्ठान’का लागि रकम संकलन गर्न प्रज्ञा भवन कमलादीमा केही दिन अगाडि आयोजित अञ्जु पन्त एकल साँझमा उनले संगीतकार सन्तोष श्रेष्ठलाई होच्याउने गरेर अभिव्यक्ति दिएकी हुन् ।

कार्यक्रममा गायिका पन्तले ‘तिम्ले पराई ठानेपछि पराई हुन के भयो र…’ गीतका संगीतकार श्रेष्ठलाई होच्याउँदै ‘सन्तोष केसी’ भनेर सम्बोधन गरेकी थिइन् ।

गायिका पन्तको त्यस्तो हर्कतले चित्त नबुझेपछि सञ्चारकर्मीहरू र सहभागीहरूले हुटिङ समेत गरेका थिए । संगीतकार श्रेष्ठ चर्चित संगीतकार हुन् ।

श्रेष्ठसँग थुप्रै गीतमा काम गरेकी पन्तले जानीजानी नाम गलत अर्थ लाग्ने गरेर उच्चारण गरेको आरोप छ । उनीहरूले गायिका पन्तलाई संगीतकार सन्तोष श्रेष्ठलाई होच्याएको भनेर माफी माग्नुपर्ने अन्यथा कार्यक्रम बहिष्कार गर्नेसम्मको धम्की दिएका थिए ।

त्यसपछि पन्तले संगीतकार श्रेष्ठको नाम उच्चारणका बेला अन्यथा भएको बताइन् । तर, माफी भने मागिनन् । सञ्चारकर्मी माधव निर्दोषले गायिका पन्तको त्यस्तो चर्तिकला देखेर आयोजकलाई फोन गरेरै माफी नमागे कार्यक्रम बहिष्कार चेतावनी समेत दिएका थिए ।

Published : Thursday, 2017 September 14, 7:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया