मेगा बैंकबाट हदप्रद शेयर निष्काशन

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ ।

बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए ।

उनका अनुसार, प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गरिएको हो ।

आगामी असोज ३० गतेसम्म आफूलाई पायक पर्ने मेगा बैंकका शाखा र नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

मेगा बैंकको गत साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश पनि दिने निर्णय गरेको थियो ।

सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिसकेका छन् ।

हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको मुनाफाबाट वितरणयोग्य रकम समेत गरी मेगा बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

Published : Wednesday, 2017 September 13, 7:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया