खानै नहुने कोक, फ्यान्टा र स्प्राइट बजारबाट बरामद
झापा । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ ।
मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की नेत्तृत्वको टोलीले धुलाबारीका २० पसल तथा स्थानीय हाटबजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बरामद गरेको छ ।
तिनमा उपभोग्य मिति सकिएका खान अयोग्य तोरीको तेल २५ लि, म्याद गुज्रेका सिन्के चाउचाउ १७ केजी, विभिन्न हल्का पेय पदार्थ (फेन्टा, स्प्राइट, कोक) लगायत ३५ लि, खान अयोग्य रङ प्रयोग भएको दाल २९ केजी र खान अयोग्य मिठाइ १४ केजी बरामद गरिएको खाद्य अधिकृत कार्कीले बताए ।
अनुगमन टोलीमा नगरपालिकाका खाद्य अधिकृत कार्की, जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक दिनेश ढुंगाना, जिल्ला पशु कार्यालय काँकडभिट्टाका पशु चिकित्सक दिवाकान्त चौधरीलगायत रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत