हेटौँडामा २७ गोरु बोकेको ट्रक प्रहरी नियन्त्रणमा

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तस्करी हुँदै गरेका २७ वटा गोरु बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटे चेक पोष्टमा सवारी साधन रोकी चेक जाँच गर्ने क्रममा गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हेटौँडा हुँदै पूर्व झापातर्फ जान लागेको ना. ६ ख. ५४९ नम्बरको ट्रकलाई शुक्रबार रोकी चेक जाँच गर्दा ट्रकमा २७ वटा गोरु फेला परेका थिए ।

गोरु लैजानका लागि चाहिने आवश्यक कागजात नभएको भन्दै प्रहरीले आवश्यक कारवाही गर्न पशु क्वारेन्ट टाईन चेक पोष्ट पथलैया बारामा पठाइएको छ ।

Published : Saturday, 2017 September 9, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया