‘छक्का पञ्जा २’सँग डरायो छविको ‘मंगलम’

काठमाडौं । निर्माता छविराज ओझाको फिल्म ‘मंगलम’ दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा २’ सँग डराएर ब्याक भएको छ । असोज २ गते रिलिज गर्ने भनेर ओझाले ‘मंगलम’को रिलिज डेट घोषणा गरेका थिए ।

‘छक्का पञ्जा २’ले यसअघि नै असोज २ गते रिलिजको डेट घोषणा गरेको थाहा पाएपछि निर्माता ओझाले आफ्नो फिल्मको रिलिज डेट पाँच महिना पछाडि सारेका हुन् । ओझाको फिल्म ‘मंगलम’ अब फागुन ४ गते रिलिज हुनेछ ।

यसअघि ‘छक्का पञ्जा’ले धमाल मच्चाएको थियो । ‘छक्का पञ्जा २’ले पनि धमाल मच्चाउने पक्का छ । ‘छक्का पञ्जा २’सँग आफ्नो फिल्म ‘मंगलम’ भिड्न नसक्ने अनुमान गरेका छविराज ओझा ब्याक भएको विश्लेषण फिल्मीबजारमा हुन थालेको छ ।

Published : Saturday, 2017 September 9, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया