८८ किलो सुन प्रकरणका थप दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीमा प्रयोग भएको गाडी रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने दुई जना चालकलाई मंगलबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा दाम्पा तामाङ र दिलिप खड्का रहेका छन् । ८८ केजी सुन काठमाडौंसम्म ल्याउन अन्य थप गाडी र चालक समेत प्रयोग भएकाले खोजी भइरहेको प्रहरी भनाइ छ ।

सुनका मुख्य मालिक चिनियाँ नागरिकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार गाडी चालक मनोज अधिकारीसहित ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको थियो ।

Published : Wednesday, 2017 September 6, 9:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया