थ्रीलर फिल्म ‘जूली २’मा लक्ष्मीको बोल्ड सिन

मुम्बई । सन् २००४ मा बनेको बलिउड फिल्म ‘जूली’को सिक्वेल बनेको छ । ‘जूली’मा नेहा धूपियाले बोल्ड अन्दाजमा अभिनय गरेकी थिइन् । जसले गर्दा नेहाले बलिउडमा राम्रो चर्चा पाइन् ।

‘जूली २’ मा नेहा धूपिया खेलेकी छैनन् । तर, सिक्वेलमा साउथकी फिल्मकी नायिकालाई ल्याइएको छ । ‘जूली २’को ट्रेलर रिलिज गरिएको छ । यस फिल्ममा जूलीको रोल नायिका राय लक्ष्मीले निभाएकी छिन् ।

ट्रेलरमा हट सिन, हाइप्रोफाइल लाइफ, मर्डर, डान्स र थ्रीलर देखाइएको छ । ‘जूली २’ एक थ्रीलर फिल्म हो । बलीवुडको बास्तविकता, राजनीति र अंडरवर्ल्डको कथालाई देखाइएको छ ।

फिल्मका लेखक तथा निर्देशक दीपक शिवदसानी हुन् । टीजरमा राय लक्ष्मी अत्यन्तै आकर्षक देखिएकी छिन् । ‘जूली २’ लक्ष्मीको ५०औँ फिल्म हो । – एजेन्सी

Published : Wednesday, 2017 September 6, 8:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया