पत्नीकै अगाडि दीपाले दीपकको म्वाइँ खाएपछि…

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अभिनेत्री दीपाश्री निरौला र अभिनेता निर्माता दीपकराज गिरीको सम्बन्धको चर्चा बेलाबेला अलिक धेरै हुने गरेको छ ।

यो जोडीको आलोचना पनि हुने गरेको छ । जति नै आलोचना भए पनि दीपा र दीपकको जोडीले कुनै प्रवाह गर्ने गरेको छैन ।

चलचित्र ‘छक्का पञ्जा २’को गीत रिलिज कार्यक्रममा पनि सोही चर्चा भयो । चलचित्रकी निर्देशक समेत रहेकी अभिनेत्री दीपाले दीपक आफ्नो मन, मुटु सबैथोक होभन्दै गालमा चुमिदिइन् । दीपाले दीपकको दुबै गालामा पालैपालौ चुमेकी हुन् ।

दीपाले आफ्नो गालामा पहिलो पटक चुम्दा दीपक आफ्नै अगाडि रहेकी श्रीमतीतिर हेरेर मुस्कुराइ रहे । जब दीपाले दोस्रो पटक फेरि गालामा चुमिन् दीपक बरिष्ठ हाँस्यकलाकार महजोडीतिर हेर्दै रातोपिरो भए ।

गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द रहेको छ । गीतको भिडियो कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

गीतमा चलचित्रका मुख्य कलाकार अभिनेत्री प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङ सहित अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् । अभिनेत्री वर्षा राउत, स्वस्तिमा खड्का, प्रियंका कार्कीले चलचित्र राम्रो बनेको बताएका छन् ।

Published : Monday, 2017 September 4, 6:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया