क्षेत्रपाटीमा ८८ किलो सुन पक्राउ, असली मालिकको खोजी सुरु

काठमाडौं । काडमाडौंको क्षेत्रपाटीबाट प्रहरीले अहिलेसम्मकै ठूलो परिणाममा अबैध सुन बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा सोमबार बिहान करिव दुई बजे प्रहरीले ८८ किलो सुन बरामद गरेको हो । रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सवारी चालक मनोज अधिकारी हुन् ।

बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए ।

प्रहरीले सुनको असली मालिकको खोजतलास सुरु गरेको जनाएको छ । यसअघि पनि अबैध सुन पक्राउ परे पनि यति ठूलो परिणाममा पहिलो पटक प्रहरीले सुन बरामद गरेको हो ।

Published : Monday, 2017 September 4, 10:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया