‘लिटिल स्टार’मा प्रतिभा प्रस्तुत

काठमाडौं । ‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट राउण्डअन्तर्गत उनीहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।
अधिकांश प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे । केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउण्डको जजका रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मी श्रेष्ठ, नृत्य निर्देशक रोहन महर्जन, व्यवसायी अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली लगायत रहेका थिए ।
उपत्यका करिब ५० बढी विद्यालयका १०० बालबालिकाले पहिलो अडिसन दिएका थिए । तीमध्यबाट ६० प्रतियोगी फाइनल प्रतिस्पर्धाका लागि छानिएका हुन् ।
२० भदौमा जमलस्थित राष्ट्रिय नाचघरमा भब्य कार्यक्रमसहित प्रतियोगिता फाइनल आयोजना हुँदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत