चुल्ठो काटिएकी महिलाको मृत्यु, तराईमा आतंक

सिरहा । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो ।
पीडित परिवारका अनुसार शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको थियो ।
तर, उपचारका क्रममा तीन घण्टापछि शुक्रबार साँझ करिब ७ बजे मुखिया को मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
१० दिनमै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ । कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् । कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन् ।
सिरहामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण रातभर सुत्न पाइरहेका छैन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत