पोखरामा गोरु काट्ने चार जना पक्राउ
पोखरा । गोरु काटेको आरोपमा पोखरामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका २१ का गोपाल परियारको २ वर्षको बहर गोरु काटेर खाएको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालीका २१ का २९ वर्षीय मदन परियार, २६ वर्षीय सुवास परियार, १८ वर्षीय प्रवीण नेपाली र २७ वर्षीय नवराज परियार छन् ।
भालुडाँडा जाने बाटो छेउमा गोरु काटेर खाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी छोरेपाटनबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
Published : Saturday, 2017 September 2, 10:56 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत