युनिलिभर नेपालको नाफा १५ करोडले घट्यो

काठमाडौं । युनिलिभर नेपालको नाफा १५ करोड ६५ लाख रुपैयाँले घटेको छ । कम्पनीले लेखा परीक्षण भइसकेको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९६ करोड ५२ लाख रुपैयाँ पुगेको जनाएको छ ।

युनिलिभरले बर्षभरीमा चार अर्ब ४४ करोड रुपैयाँ खुद उत्पादन बिक्री गरेको छ । अन्य आम्दानीसमेत गरेर कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब पुगेको छ । कम्पनीले दुई अर्ब २० करोड रुपैयाँको त सामान उत्पादनमा लाग्ने सामग्रीका लागि खर्च गरेको छ ।

अन्य वित्तीय खर्चका कारण कम्पनीको नाफा घटेको हो । कम्पनीको सेयर पूँजी नौं करोड २१ लाख रुपैयाँ छ । रिजर्भसमेत गर्दा कम्पनीको कुल इक्विटी दुई अर्ब बढि छ ।

कम्पनीको प्रति सेयर आम्दानी ३३१ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ २१ सय ५३ रुपैयाँ छ । कम्पनीको सेयर बर्षभरीमा १७ दिन भएको थियो । कुल १२ सय ८५ कित्ता सेयर किनबेच भएको थियो ।

Published : Thursday, 2017 August 31, 4:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया