मोडल हन्टमा बाजी मारिन् अमृताले
काठमाडौं । काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ वर्षीय बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् ।
अन्तिम प्रतिस्पर्धामा बिक्रमले पुरुषतर्फ र अमृताले महिलातर्फको उपाधि जितेकी हुन् । बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका छन् । अमृताले मोष्ट फोटो जेनिक र सुपरमोडलको समेत उपाधि हासिल गरेकी छिन् । बिक्रमले सुपर मोडलमा चुनिए ।
दुबै शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वर्ल्ड फेसन परेडदेखि कोरियामा हुने लर्क्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमशः लक्की खड्गी र रमेशकुमार चौधरी घोषित भए । महिलातर्फ सिमरन खड्का र एकता कुबर बिजेता बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत