इलाम २ को उपनिर्वाचनमा कांग्रेस सभापति देउवाद्वारा रणनीति चेञ्ज

काठमाडौं । नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनमा रणनीति परिवर्तन गरेको छ ।

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई विजयी बनाउन कांग्रेसले केही कुरामा सुधार गर्दै उच्चस्तरको रणनीति बनाएको छ । इलाम २ को चुनावलाई प्रभावित पार्ने गरेर केन्द्रीय नेताहरूको लार्को मात्रै लागेर रमिता हेर्न जाने कार्यलाई कांग्रेसले निरुत्साहित गर्न लागेको छ ।

सभापति शेरबहादुर देउवाले इलाम २ मा गएर धेरै भिडभाड गर्नुभन्दा पनि जनताको घर, प्रत्यक्ष सम्पर्क गर्नेदेखि छिटोछरितो तरिकाले प्रचार प्रसार गर्ने कुरामा जोड दिएका छन् ।

इलाम २ को उपनिर्वाचनमा प्रचार प्रसारका लागि शीर्ष नेताहरू जाने छैनन् । अन्य नेताहरूलाई खटाइनेछ । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई इलाम २ को उपनिर्वाचनका लागि कमाण्डर बनाएर खटाएको छ ।

विगतमा चितवन र तनहुँको उपनिर्वाचनका क्रममा केन्द्रबाट नेताहरू जथाभावी जाँदा त्यसको नकारात्मक असर परेर कांग्रेसका उम्मेदवारहरू पराजित भएका थिए ।

इलाम २ मा निकै कडा प्रतिस्पर्धा हुनेछ । रमिता हेर्न जाने नेताहरू भन्दा पनि भोट तान्न सक्ने नेताहरूलाई रणनैतिक रुपमा कांग्रेसले अगाडि बढाउनेछ ।

केन्द्रबाट नेताहरू जाँदा उनीहरूको खानपिन, बास बस्ने ठाउँको व्यवस्था, सवारी साधन लगायतमा उम्मेदवारको ध्यान केन्द्रित नहोस् भनेर सभापति देउवाले इलाम २ को उपनिर्वाचनमा निकै रणनीति परिवर्तन गरेका छन् ।

Published : Monday, 2024 April 8, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया