रोल्पाका गर्भेद्वारा चन्द्रौटामा श्रीमतीको हत्या, काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका ३९ वर्षीय गर्भे बिकलाई पक्राउ गरेको छ ।
रोल्पा जिल्लाको सुनछहारी गाउँपालिका वडा नं. ६ फगामका बिकले आफ्नै श्रीमती २६ वर्षीया केशु बिकको हत्या गरी फरार रहेका थिए । बिकलाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
२०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमती केशुको हत्या गरी कपिलबस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फालेर फरार रहेका थिए ।
प्रहरीको विशेष टोलीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुंगलबाट गर्भे बिकलाई पक्राउ गरेको छ ।
गर्भे बिकलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलबस्तु पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया