तनहुँबाट डाँका चोरी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । तनहुँबाट प्रहरीले डाँका–चोरीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

डाँका चोरी गरेको अभियोगमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर भई ब्यास नगरपालिका–५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका–१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्गबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वैशाख २९ गते राति म्याग्दे गाउँपालिका–१ रुमादी बस्ने ७५ वर्षीय शिवकुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका–१ ठूलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपियाँ डाँका चोरी गर्ने कार्यमा उनीहरूलाई चोरी गरेको विभिन्न सामान र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 May 16, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया