सीआईबीद्वारा सामाखुसीमा कृष्णबहादुर पक्राउ, नख्खुमा लगेर राखियो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले २७ वर्षीय कृष्णबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

सीआईबीले शुक्रबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । गुरुङ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–५ स्थायी वतन

भई गुरुङ हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका थिए । उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन

कैद र १५ लाख रुपियाँ जरिवाना ठहर भएपछि गुरुङ फरार रहेका थिए । गुरुङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।

Published : Friday, 2023 March 3, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया