काठमाडौंका बस्नेतलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगञ्जले ३५ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको छ ।

बस्नेत बैंकिङ कसूर मुद्दाका फरार रहेका थिए । दोलखाको भीमेश्वर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–४ बस्ने बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बस्नेतलाई बैंकिङ कसूर मुद्दामा २ महिना कैद सजाय भएको छ । बस्नेतलाई ३ करोड ७५ लाख रूपियाँ जरिवाना पनि ठहर भएको छ ।

अदालतबाट कैद सजाय र जरिवाना फैसला भएपछि फरार रहेका बस्नेतलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको जनाएको छ ।

बस्नेतले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Published : Tuesday, 2023 February 14, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया